२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीको विकासलाई ध्यान दिइयोस्– ज्ञानेन्द्र शाही(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । कर्णालीको विकास राज्यकोप्राथमिकतामा छैन भन्ने उदाहरण कर्णाली राजमार्ग हो भन्दै उहाँले उक्त राजमार्गलाई वैकल्पिक राजमार्गका रुपमा अघि बढाउन बजेट व्यवस्थापन गर्न माग गर्नुभयो ।

सांसद शाहीले जुम्लीको विकाससँग जोडिएको जुम्ला विमानस्थलको स्तरोन्नति गरिनुपर्ने खाँचो औँंल्याउनुभयो । उहाँले मुलुकमा विधिको शासन कायम गर्न सबै गम्भीर हुनुपर्नेमा समेत जोड दिनुभयो ।

बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले संसद्को प्रभावकारिता र गरिमा बढाउन नवनिर्वाचित सभामुख र उपसभामुखले सक्रिय भूमिका खेल्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसद्को गरिमा, प्रतिष्ठा र प्रभावकारिता बढाउन र संसदप्रतिको आकर्षण बढाउन सभामुख र उपसभामुखको महत्वपूर्ण भूमिका हुन्छ ।” उहाँले सदनलाई आवाजविहीनको आवाज व्यक्त हुने वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो । रासस




भर्खरै