७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वार्थ बाझिएका नियुक्ति बारे तत्काल निर्णय लिइयोस्ः ट्रान्सपरेन्सी इन्टरनेशनल



अ+ अ-

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई)ले मन्त्रिपरिषद्मा स्वार्थ बाझिएका कतिपय व्यक्तिहरू नियुक्त गरिएको भन्दै ध्यानाकर्षण जनाएको छ ।

टीआई अध्यक्ष पद्मिनी प्रधानाङ्गद्वारा जारी विज्ञप्तीमा प्रधानमन्त्रीले मुलुकलाई सुशासनको बाटोमा हिंडाउन प्रतिबद्ध रहेको अनुभूति दिलाउन स्वार्थ बाझिएका मन्त्रिपरिषद् सदस्यहरूका सम्बन्धमा तत्काल निर्णय लिनुपर्नेबारे ध्यानाकर्षण भएको जनाएको हो ।

‘नवगठित मन्त्रिपरिषद्मा स्वार्थ जोडिएकै व्यक्तिहरू नियुक्त भएको विषय आमतहमा समेत व्यापक तहमा उठिरहेको हुँदा तत्काल यसको निक्र्यौल हुनुपर्छ भन्ने मान्यता टीआई नेपालको छ । अन्यथा भ्रष्टाचार विरुद्ध सरकारको प्रतिबद्धता कार्यान्वयन हुन असहज हुने र सरकारप्रतिको जन अपेक्षा निराशातर्फ धकेलिने देखिन्छ ।’ विज्ञप्तीमा भनिएको छ ‘प्रधानमन्त्रीले मुलुकलाई सुशासनको बाटोमा हिंडाउन प्रतिबद्ध रहेको अनुभूति दिलाउन स्वार्थ बाझिएका मन्त्रिपरिषद् सदस्यहरूका सम्बन्धमा तत्काल निर्णय लिनुपर्नेबारे टीआई नेपाल गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।’

लोकतन्त्रको विश्वव्यापी मान्यता अनुरूप मन्त्रिपरिषद्का सदस्यहरूले आफू संलग्न रहेको संस्था, कम्पनी, शेयर कारोबार, आफूसँग भएका चल–अचल सम्पत्ति अविलम्ब सार्वजनिक गर्नुपर्ने टीआईले उल्लेख गरेको छ ।

यसैगरी, सुशासन खातिर पनि मन्त्रिपरिषद् र यसका सदस्यहरू आफैं निःशर्त कानून पालन गर्न अग्रसर हुनुपर्छ र नीति, निर्णय एवम् कानूनी प्रक्रिया प्रभावित हुन सक्ने कुनै पनि कार्य–व्यवहारबाट पृथक रहनुपर्ने पनि टीआईले जनाएको छ ।