२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी अनुदान सम्बन्धित जनताले मात्र पाउनुपर्छ– राज्यमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले सरकारले दिने अनुदानमा टाठाबाठाको मात्र पहँुच हुने गरेको गुनासो रहेको उल्लेख गर्दै त्यस्तो अनुदान सम्बन्धित जनताले मात्र पाउनुपर्ने बताउनुभएको छ ।

विद्युतीय चुलो राष्ट्रिय अभियानको चौँथो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विद्युतीय चुलोमा कर छुटका लागि आफ्नो मन्त्रालय र आफ्नो पार्टी सकारात्मक रहेको बताउनुभयो । अभियानलाई प्रोत्साहन गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “विद्युतीय चुलोको प्रयोगले एकातिर पेट्रोलियम पदार्थको आयातमा कमी भई मुलुकको व्यापार घाटा कम हुन्छ, भने अर्कोतिर जनताको स्वास्थ्यमा समेत सुधार हुन्छ ।”

उहाँले विद्युतीय चुलोमा काम गर्ने व्यवसायीलाई गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा विद्युत् नियमन आयोगका सचिव गोकर्णराज पन्थले विद्युतीय चुलोको प्रयोग बढाउन र यसलाई दिगो बनाउन गुणस्तरीय विद्युत् र गुणस्तरीय चुलो आवश्यक पर्ने बताउनुभयो । विद्युतीय चुलो प्रोत्साहनको विकल्प नभएको उल्लेख गर्दै उहाँले मुलुकभर विद्युतीय प्रणाली सुधार गर्दै जानुपर्नेसमेत बताउनुभयो ।

मन्त्रालयका सहसचिव मधु भेटवालले विद्युत् उत्पादनमा निजी क्षेत्रको समेत संलग्नताले विद्युत् उत्पादन बढेको र त्यसको स्वदेशमा खपतका लागि पनि विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने आवश्कता आँैल्याउनुभयो । यसले पेट्रोलियम पदार्थको आयात समेत कम गर्न योगदान पुग्ने उहाँको धारणा थियो ।वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले चुलो सुधार अभियानमा निजी क्षेत्र र समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै यसको दिगोपनाका लागि गुणस्तरीय चुलो र विद्युत् आवश्यक पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका निर्देशक अच्युत घिमिरे, सामुदायिक उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवाली, केन्द्रका सहायक निर्देशक डा रणबहादुर थापा, अजम्मरी विकास फाउण्डेसनका प्रबन्ध निर्देशक सुवर्णप्रसाद कपाली, फाउण्डेसनका निर्देशक ज्ञानेन्द्रराज शर्मा, प्राक्टिकल एक्सनका पूजा शर्मालगायतले नेपालमा विद्युतीय चुलोको प्रयोगको अवस्था, सम्भावना र चुनौतीका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । रासस




भर्खरै