२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा



अ+ अ-

काठमाडाैँ । पार्टी परित्याग गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर जबराले आफ्नो राजनीतिक जीवनमा बितेका चार वर्ष निकै पीडादायी भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आफूपक्षीय नेता कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै जबराले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई सही दिशा र एजेण्डा प्राप्तिको मार्गमा लैजान आफूले भरपुर प्रयास गरेको भएपनि पार्टी नेतृत्व नै वाधक भएर उभिएको आरोप पनि लगाउनु भयो । उहाँले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नै आफूहरूलाई पार्टी छोड्न बाध्य बनाएको आरोप पनि लगाउनु भयो ।

उहाँले पार्टीभित्र आफूहरूले बोकेको विचार, मूल्य र एजेण्डालाई अगाडि बढाउन नसकिएकै कारण नयाँ राजनीतिक यात्रा शुरु गर्नुपर्ने निष्कर्षमा पुगेको बताउनु भयो । डा. जबराले राप्रपाको वर्तमान अवस्थालाई ‘मक्किएको र चर्किएको घर’सँग तुलना गर्दै पुरानो संरचनाबाट अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्ष आफूहरूले निकालेको बताउनु भयो ।

उहाँहरुले भन्नुभयो, ‘पाँच वर्ष पहिले राजेन्द्र लिङ्देनलाई अंगालो मारेर अध्यक्ष बनाएका थियौँ । तर दुःखका साथ आज हामीले घर नै छोड्नुपर्ने अवस्था आयो । त्यो सुखको दिन होइन दुःखको दिन हो आज । तर आफ्नो राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने ठानिसकेपछि हिम्मत गर्नुपर्छ र अर्को घर बनाउनुपर्छ । मक्किसकेको, चर्किसकेको त्यो गाडी होस् वा घर होस् हिम्मत गरेर अर्को बनाउने जमर्को गर्नुपर्छ । त्यही जमर्कोमा आज हामीहरु लागेका छौँ । यो चार वर्ष मेरो राजनीतिक जीवनको सबैभन्दा दुःखी भयो । मैले राप्रपालाई सही र एजेण्डा प्राप्तिकबो बाटोमा लग्न खाजेको थिएन कि ? आन्दोलनको नेतृत्व गरेको थिएन कि ? पार्टीलाई सुधारेर राष्ट्रकै पहिलो पार्टी बनाउन खोजेको थिइन कि, तर ती सबै मेरा प्रयासहरुलाई अगाडि बढ्न दिएनन् ।’

महामन्त्री डा. राणाको नेतृत्वमा एक सय ८३ जना नेताहरुले राप्रपाबाट सामूहिक राजीनामा घोषणा गरेका छन् । राणापक्षीय नेताहरुले बिहीवार काठमाडौंमा एउटा भेला गरी यस्तो घोषण गरेका हुन् ।




भर्खरै