२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा उद्यमी, सामाजिक/राजनीतिक अभियन्ता आचार्यको आत्मदाह राज्य संरचनात्मक हत्याः विवेकशील साझा



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीले मंगलबार आत्मदाहको प्रयास गरि गम्भीर घाइते भएका विवेकशील साझा पार्टी इलामका पूर्व संयोजक प्रेम प्रसाद आचार्यको निधनले विवेकशील साझा पार्टी र समतामूलक संवृद्धि महाअभियानलाई स्तब्ध बनाएको जनाएको छ ।

विवेकशील साझा पार्टी महाधिवेशन आयोजक मुल समिति अध्यक्ष समीक्षा बास्कोटाले एक विज्ञप्ती जारी गर्दै आचार्यको आत्मदाहले मुलुकमा कुन हदसम्म विकृति, बेथिति, वितृष्णा र निराशा छ, गरिखान खोज्नेहरुलाई कसरि पाइलै पिच्छे निरुत्साहित गरिन्छ भन्ने कुरा उनले भोगेका र उठाएका निर्मम प्रश्नबाट प्रष्ट भएको उल्लेख गरेकी छन् ।

स्वदेशमै उद्यम व्यवसाय गरेर मुलुकको संवृद्धिको यात्रामा टेवा पुर्‍याउँछु भन्दै साना तथा मझौला उद्यमीले भोग्दै आएको समस्या, दलाल राज्य व्यवस्था र विकृत प्रणाली विरुद्ध स्वयं भुक्तभोगीको रूपमा पौठेजोरी खेलिरहेका उद्यमी आचार्यको आत्मदाह आम उद्यमी व्यवसायी र युवाको सपनाको जलन हो भन्ने सो पार्टीको ठम्याई छ ।

विज्ञप्तीमा भनिएको छ – ‘प्रेमलाई आत्महत्या गर्न राज्यले दुरुत्साहन गरेको हो यसको सम्पूर्ण जिम्मा लामो समयदेखि सधैँ सत्तामा बस्ने तर युवा, उद्यमी, पौरखी र स्वदेशमै केही गरौँ भन्ने आम नागरिकहरूका विरुद्ध दलाल, बिचौलिया, सुदखोर र घुसखोर संरक्षण गर्ने दल र तिनका नेताहरू हुन भन्ने कुरा छर्लङ्गै छ ।’

यस्तै, विवेकशील साझाले स्वर्गीय आचार्यको सम्मानमा बिहीबार १ दिन पार्टीको झण्डा आधा झुकाउने र उनले उठाएका २५ बुँदे सुझावलाई आगामी महाधिवेशनमा नीतिगत छलफल सेसनमा जोडदार रूपमा उठान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थियो ।