२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा नासाल चोकमा वसन्त श्रवण- फोटो फिचर



अ+ अ-

काठमाडौं । वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ ।

वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारीले काठमाडौंका वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गर्नुभएको हो ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दहाल सभामुख देबराज घिमिरे , राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी हुनु भएको थियो । विशेष गरेर आज सरस्वती पूजाको दिनमा हनुमानढोका दरबारस्थित नासाल चोकमा राष्ट्रप्रमुखलाई वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालोदेखिनै गर्दै आएको पाइन्छ । वसन्त श्रवणको अवसरमा राष्ट्रपति भण्डारीले देवी सरस्वतीको पूजा आराधना समेत गर्नुभएको छ ।

वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ ।

 

फोटो- प्रधानमन्त्रीको सचिवालय




भर्खरै