२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन चाँदीको मुल्य पुनः उकालो लाग्यो, हेर्नुहोस् कतिमा भईरहेको छ कारोबार



अ+ अ-

काठमाडौं । आज बजारमा सुनको मुल्य उकालो लागेको छ । सुनको मुल्य तोलामा रु २ सयले बढेको हो । हिजो (सोमबार) प्रतितोला रु ९२ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगलबार) तोलामा रु २ सयले बढेर प्रतितोला रु ९२ हजार ४ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ९ सय कायम भएको छ ।

यता चाँदीको मुल्य भने प्रतितोला रु १३२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।