२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी



अ+ अ-

काठमाडौँ । प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो ।

प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर सभामा परिणत भएको थियो ।

विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सङ्गठनका महासचिव सन्तोष पौडेलले जानकारी दिनुभयो ।

प्रभातफेरीपछि आयोजित कार्यक्रमलाई सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, वर्तमान अध्यक्ष सापकोटाले जनपक्षीय पत्रकारितामार्फत् देश र जनताको हितका पक्षमा आफूहरु प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो ।

प्रेस सेन्टरले राष्ट्र, राष्ट्रियता र जनजीविकाका पक्षमा कलम चलाउँदै आइरहेको बताउँदै अध्यक्ष सापकोटाले कृष्ण सेन ‘इच्छुक’लगायतले देखाएको बाटोमा अविचलित रुपमा अगाडि बढ्ने प्रण गर्नुभयो । रासस