२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको राजनिती भद्रगोल र डामाडोल तर्फ अघि लाग्यो: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोल तर्फ अघि लागेको टिप्पणी गरेका छन् ।

पार्टीको संगठन बिभागद्वारा आज काठमाडौंमा आयोजित ‘उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियान’ तयारी बैठकमा बोल्दै थापाले निर्बाचन सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा बितृष्णा देखिनुलाई शुभ सङ्केत मान्न नसकिने बताए ।

शान्ति र समृद्धिको आम जनताको चाहना पूरा हुनेमा जनतामा आशंका शुरु भएको भन्दै थापाले हिन्दु राष्ट्रको पुनर्स्थापना , भ्रष्टाचार नियन्त्रण , बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्नेमा जोड दिए । अहिलेका सबै राजनीतिक दल र शक्ति सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुँदा जनतामा चरम असन्तुष्टि बढेको थापाको कथन थियो ।

सो अबसरमा संगठन बिभाग प्रमुख एबं महामन्त्री राजाराम बर्तौलाले ूउपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानू कार्ययोजना प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री सुशील श्रेष्ठले प्रशिक्षण कार्यक्रम बारे प्रकाश पारे । काठमाडौं ,ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरु क्रमशः श्याम घिमिरे,जिपि दाहाल र श्याम नेपालले अभियानलाई प्रभाबकारी रुपमा संचालन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।