२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय फोटो पत्रकार दुर्लभसंग ट्राभल फोटोग्राफी बारे अन्तरक्रिया



अ+ अ-

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले बेला बेलामा आफ्ना सदस्यहरुलाई विभिन्न प्रकारको फोटोग्राफी सम्बन्धि तालिम प्रदान गर्दै आई रहेको छ । यसै शिलशिलामा काठमाडौमा एनएफपिजे नेपालले भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीसंग ट्राभल फोटोग्राफी सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार बिहान सिजन मिडियामा आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विकास रोनियार लगायत सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा भारतीय फोटो पत्रकार चौधरीले फोटोग्राफीमा सिकेका भोगेका अनुभवहरू शेयर गरेका थिए। उनले विभिन्न शहर र चार्डपर्वहरुका समयमा खिचेका करिव २०० वटा फोटोको बारेमा बताएका थिए।

त्यस्तै,एनएफपिजेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम निकै नै उपलब्धिमुलक भएको संस्थाका सदस्यहरुले बताएका छन । उनीहरुले संस्थाले बेला बेलामा यस्तो कार्यक्रम गरेर सदस्यहरुलाई फाइदा पुगेको समेत बताए।

२४ वर्षीय भारतीय फोटो पत्रकार चौधरी नेशनल जिओग्राफी, वाल स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका सञ्चार माध्यममा फ्री–ल्यान्सर फोटो जर्नलिष्टका रुपमा कार्यरत छन् ।
कार्यक्रमको संयोजन केन्द्रिय सदस्य सुनिल शर्माले गर्नु भएको थियो भने कार्यक्रम पश्चात स्वागत तथा सम्मान उपाध्यक्ष शुशिल श्रेष्ठले गर्नु भएको थियो त्यसैगरि मायाँको चिनो सागर श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो । नेपाल एयरहोस्टेज एकेडेमीले हल उपलब्ध गराएको थियो ।




भर्खरै