२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘पशुपति प्रसाद’को सिक्वेल ‘भष्मे डन’ बन्ने, २०८० को दशैँमा प्रदर्शन



अ+ अ-

काठमाडौँ । चलचित्र पशुपतिप्रसाद २ भष्मे डन निर्माण हुने भएको छ । आईतबार काठमाडौंमा पशुपतिप्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो । चलचित्र निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल नभएको बताएको छ । चलचित्र पशुपतिप्रसादको प्रमुख मध्ये एक पात्र भष्मे डनको चरित्रमाथि बनाइने निर्माण टिमले बताएको छ ।

चलचित्रमा पशुपति प्रसादकी अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको अभिनय रहनेछैन । तर अभिनेता लामिछाने भने चलचित्रको लेखक र निर्माताको रुपमा रहनुहुनेछ । कार्यक्रममा बोल्दै अमिनेता रविन्द्र सिंह बानियाँले पशुपतिप्रसाद बनाउने की नबनाउने भनेर धेरै सोचेपछि मात्रै फिल्म बनाउन लागेको बताउनु भयो । उहाँले पशुपतिप्रसादको मायाँलाई कुनै कमी हुन नदिने गरी फिल्म बन्न लागेको बताउनु भयो ।

कार्यक्रममा अभिनेत्री वर्षा शिवाकोटीले पशुपतिप्रसाद चलचित्र आफ्नो लागि धेरै नै महत्वपूर्ण भएको बताउनु भयो । मेरो जोडी पशुपतिप्रसादसँग भएकाले त्यही अनुसारको पात्र हुनुपर्छ भन्ने हिसावले आफूलाई फिल्ममा नपर्दा पनि चित्त बुझाएको बताउनु भयो । कार्यक्रममा चलचित्र निर्देशक दीपेन्द्र के खनालले पशुपतिप्रसाद बनाउँदा धेरै विश्वास र कथावस्तु राम्रो भएपछि मात्रै बनाएको बताउनु भयो ।

कार्यक्रममा अभिनेता खगेन्द्र लामिछानेले पशुपतिप्रसादको सिक्वेल बनाउन लामो समयदेखि कुरा भएपनि अर्थपूर्ण बनाउने कुरामा नै अहिलेसम्मको समय कुरेको बताउनु भयो । उहाँले पशुपतिप्रसाद रिलिज भएको ७ वर्ष पूरा भएपछि मात्रै पशुपतिप्रसाद २ भष्मे डन बनाउन लागेको बताउनु भयो । उहाँले सबै दर्शकको मन जित्ने तरिकाले फिल्म बनाउने बताउनु भयो । त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले पशुपतिप्रसाद आफूले एक्लै हलमा हेरेको फिल्म भएको बताउनु भयो ।

उहाँले पशुपतिप्रसालाई अहिलेसम्म पनि धेरैले मन पराउने बताउनु भयो । चर्चित फिल्ममा आफूले सहकार्य गर्न पाउँदा धेरै नै खुशी लागेको बताउनु भयो । उहाँले आफूलाई फिल्ममा समयको भन्दा पनि पात्रको भुमिका कति महत्वपूर्ण छ भन्नेकुराले आफूलाई महत्व राख्ने बताउनु भयो ।

चलचित्रमा विपिन कार्कीको पनि मुख्य भुमिका रहनेछ । टुकी आर्टस्को ब्यानरमा निर्माण हुने यो चलचित्रमा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहने बताइएको छ । चलचित्रको डिओपीमा निरज कँडेल, छायाँंकार कृष्ण थापा, सम्पादक दीर्घ खड्का रहेका छन् । चलचित्रमा कृष्ण भारद्वाज र सुवास भुसालले संगीत दिनेछन् । चलचित्र आगामी वर्षको २०८० को फूलपातीमा प्रदर्शनमा आउनेछ ।