२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार बनाउने



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यमा उठाउने भएको छ । मन्त्री बन्न अस्वीकार गरेको भनिएकी अर्याललाई माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको उपाध्यक्ष बन्न गर्नुभएको आग्रहलाई स्वीकार गर्नुभएको बताइएको छ ।

राष्ट्रियसभाको उपाध्यक्ष पद माओवादी केन्द्रले लिने सहमति सत्ता साझेदार दल नेकपा ९एमाले० र माओवादी केन्द्रबीच भएको छ । सोही सहमतिअनुसार माओवादी केन्द्रले अर्याललाई अगाडि सार्ने भएको हो ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि यही माघ २२ गते मनोनयन दर्ता गर्ने समय तोकिएको छ भने निर्वाचन माघ २३ गते हुनेछ ।

५९ सदस्यीय राष्ट्रियसभामा सत्ता साझेदार दल एमाले र माओवादी केन्द्र मिल्दा बहुमत पुग्नेछ । प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी० ले राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएका छैनन् ।




भर्खरै