२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालद्वारा शपथ



अ+ अ-

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

नेपालले प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ ग्रहण गर्नुभएको प्रदेश, प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अन्य मन्त्रीहरु उपस्थित थिए । मुख्यमन्त्री जम्मकट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।