२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको मस्जिदमा बम बिस्फोट, ३२ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । पाकिस्तानको पेशावर सहरको पुलिस लाइन्समा बनेको मस्जिदभित्र विष्फोट भएको छ ।

पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमले अल जजिरालाई बताएअनुसार कम्तिमा ३२ जनाको मृत्यु भएको छ र ७० भन्दा बढी घाइतेहरूलाई उपचारका लागि ल्याइएको छ । पेशावरका एक प्रहरी अधिकारीले कुल १५० जना घाइते भएको बताएका छन् ।

मस्जिद एक उच्च सुदृढ परिसर भित्र छ जसमा प्रान्तीय प्रहरी बलको मुख्यालय र एक आतंकवाद विरोधी विभाग समावेश छ ।

अधिकारीहरूले भवनको केही भाग भत्किएको र धेरै मानिस भग्नावशेषमुनि फसेको आशंका गरेको बताएका छन् । पेशावरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एक टेलिभिजन बयानमा भने कि मस्जिदको मुख्य हलको क्षमता लगभग ३०० थियो र विस्फोटको समयमा यो ‘लगभग भरिएको’ थियो ।