२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्ष पुरानो मुद्दाः आसारामलाई बलात्कार मुद्दामा आजीवन कारावास



अ+ अ-

एजेन्सी । भारतको सुरतकी एक महिलालाई बलात्कार गरेको आरोपमा आसाराम बापुलाई मंगलबार आजीवन कारावासको सजाय सुनाइएको छ ।

गुजरातको गान्धीनगर सत्र अदालतले सोमबार आसारामलाई दोषी ठहर गरेको हो । यसअघि २५ अप्रिल २०१८ मा जोधपुर अदालतले आसारामलाई यूपीमा नाबालिग बलात्कार गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको थियो । आसारामको पेशी भिडियो कन्फरेन्सिङबाट भएको थियो ।

यस मामिलामा आसारामकी श्रीमती सहित अन्य ६ जना अभियुक्त थिए । अदालतले आसारामलाई दोषी ठहर गरेको छ । सुनुवाइका क्रममा एक अभियुक्तको मृत्यु भएको थियो । अदालतले प्रमाणको अभावमा बाँकी पाँच अभियुक्तलाई सफाइ दिएको छ ।

यो मुद्दा सन् २०१३ मा दर्ता भएको थियो । करिब १० वर्षअघि सुरतकी एक महिलाले आसारामलाई अहमदाबादको मोटेरास्थित आफ्नो आश्रममा बारम्बार बलात्कार गरेको आरोप लगाएकी थिइन् । यस विषयमा अहमदाबादको चन्दखेडा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको थियो ।

एफआईआरका अनुसार अहमदावाद सहरको बाहिरी भागमा रहेको एक आश्रममा २००१ देखि २००६ सम्म महिलालाई पटकपटक बलात्कार गरिएको थियो । ती महिला त्यतिबेला आसारामको आश्रममा बस्दै आएकी थिइन् । प्रहरीले सन् २०१४ को जुलाईमा मुद्दा दायर गरेको थियो ।




भर्खरै