२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले एसीसी प्रिमियर कप आयोजना गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप आयोजना गर्ने भएको छ ।

पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको थियो । हिजो बसेको बोर्ड बैठकले एसीसीको प्रस्ताव स्विकार्दै अप्रिलमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो । प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालसँगै समूह ‘ए’ मा युएई, कुवेत, कतार पनि रहेका छन् । समूह ‘बी’ मा भने ओमान, हङकङ, सिंगापुर, मलेसिया रहेको छ । यस कपको फाइनल विजेताले एसिया कप खेल्न पाउनेछ ।

एसिया कपको लागि छनोट भएको टोलीले भारत र पाकिस्तानसँग खेल्न पाउनेछन् । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । घरेलु टोली नेपाललाई उपाधि जित्दै भारत र पाकिस्तानसँग खेल्ने राम्रो अवसर रहेको छ।

एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।