२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले गृहमन्त्री नियुक्तीमा ढिलाई गर्न हुँदैनः ठाकुर गैरे



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नियुक्तीमा ढिलाई गर्न नहुने बताउनु भएको छ ।

सत्तारुढ दलहरुसँग समझदारी गरेर प्रधानमन्त्री दाहालले गृहमन्त्री नियुक्ती गर्नुपर्ने उहाँको भनाई थियो । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारुढ दलहरुबीचको सहमतिमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुने समेत बताउनु भयो । उहाँले भन्नु भयो, ‘भएको गृहमन्त्री विदा हुनु भएको छ ।

अब नयाँ गृहमन्त्री नियुक्ती प्रधानमन्त्रीले छिट्टै गर्नु हुन्छ । हिजो सहमति हुँदाखेरी त्यो गृह मन्त्रालय जति पटक मन्त्रीमण्डल परिवर्तन भएपनि त्यो सम्बन्धित पार्टीकै हुनेछ भन्ने सहमती भएको हो वा होइन ? भन्ने कुरा आज खुलेको वा स्पष्ट भएको अवस्था छैन । तर पनि यो सरकार संचालनमा संलग्न भएका दलहरुबीचमा, नेताहरुको बीचमा छलफल भएर समझदारीका साथ नै गृह मन्त्रालय कुन पार्टीले पाउने, कसले पाउने भन्ने कुराको निर्धारण हुन्छ ।’

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमाउनु भएको थियो ।




भर्खरै