२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा आयोजना हुने दोस्रो ‘एनएसएसजि विन्टर फूटबल’ प्रतियोगिताको तयारी पूरा



अ+ अ-

यूएई । युएईको रसअल खेमामा रहेको नेपाली सामाजिक तथा खेलकुद ग्रुपले आगामी माघ २१ र २२ गते (फेब्रुअरी ४/५ मा) हुने दोस्रो एनएसएसजि विन्टर फूटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराएको छ ।

यूएईको रस–अल–खेमा स्थित अल हमरा खेलमैदानमा हुने प्रतियोगितामा नेपाली १६ टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामाा बिजेता तथा उपबिजेता हुने टिमले क्रमशः २ लाख रुपैयाँ र एकलाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको हरेक खेलमा एक उत्कृष्ट खेलाडी साथै समग्र प्रतियोगितामा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उतकृष्ट खेलाडी एवं अनुशासित टिमलाई पुरस्कृत गरिने संस्थाका अध्यक्ष जीवन सिग्देलले जानकारी दिनुभयो ।

नेपाली सामाजिक तथा खेलकुद ग्रुपले संचालन गरेको प्रतियोगिताको प्रचारप्रसार, खेलमैदान ब्यवस्थापन लगायतको काम अन्तिम चरणमा पुगेको ग्रुपका सचिव भरत गौतमले जानकारी गराउदै प्रतियोगितालाई भब्यरुपले सम्पन्न गराउन आवश्यक सहयोग गर्न युएईमा रहेका नेपालीहरुलाई आग्रह समेत गर्नुभएको छ ।

रोजगार तथा ब्यवसायको शिलशिलामा यूएईमा रहेका नेपालीहरुलाई एकताबद्ध राख्नुनै यस नेपाली सामाजिक तथा खेलकुद ग्रुपको मूख्य उद्देश्य रहेको छ ।




भर्खरै