२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनी मिडफिल्डर एन्जो चेल्सीमा अनुबन्धित



अ+ अ-

काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई प्रिमियर लिग क्लब चेल्सीले अनुबन्ध गरेको छ ।

एन्जोलाई चेल्सीले पोर्चुगिज क्लब बेन्फिकाबाट कीर्तिमानी मूल्य १०७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । एन्जोले चेल्सीसँग साढे आठ वर्षको सम्झौता गरेका छन् ।

एन्जोका लागि चेल्सीले खर्चिएको रकम बेलायती क्लबमा हालसम्म कै उच्च रकम बनेको छ । यस अघि म्यानचेस्टर सिटीले २०२१ मा ज्याक ग्रेलिसलाई कीर्तिमानी १०० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

कतार विश्वकपमा एन्जोले उत्कृष्ट प्रदर्शन गरेका थिए । अर्जेन्टिनाले विश्वकप जित्दा उनले १ गोल गरेका थिए । साथै, उनी उत्कृष्ट युवा खेलाडीमा चुनिएका थिए ।