२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शपथमा गोपनीयता शब्द हटाउन सूचना आयोगको सुझाव



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष वार्षिक प्रतिवेदन २०७८/०७९ बुझाएको छ । प्रतिवेदनमा आयोगले सार्वजनिक पद धारण गर्दा शपथको व्यहोरामा गोपनीयता शब्द हटाउन सुझाव दिएको छ ।

शासन पद्धतिमा भइरहेको विकास र सुशासनको आवश्यकतालाई ध्यानमा राखी गोपनीयताको शपथ गराउन सान्दर्भिक नहुने प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक पद ग्रहण गर्नेका लागि शपथमा रहेको गोपनीयता शब्द पूर्णरुपमा हटाउनुपर्ने आयोगको जिकिर छ ।

व्यक्तिहरुले कुनै पनि नियुक्ति वा सार्वजनिक पद धारण गर्दा कार्यभार सम्हाल्नुअघि गोपनीयता कायम गर्ने व्यहोराको शपथ लिने गर्दछन् । तर कानूनमा कुन सूचना गोप्य राख्ने र कुन सार्वजनिक गर्ने भन्ने छुट्टै व्यवस्था छ ।

सार्वजनिक निकायबाट हुने निर्णय पारदर्शी हुँदा र त्यसको जानकारी सेवाग्राहीले सहज ढंगले पाउँदा लोकतन्त्र बलियो हुने भन्दै आयोगले शपथमा गोपनीयता शब्द राख्दा यसले सूचनाको हकलाई कुण्ठित बनाउने बताएको छ ।