२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम मन्त्री र मलेसियाका गृहमन्त्री नेतृत्वको प्रतिनिधिबीच छलफल(भिडियोसहित)



अ+ अ-

काठमाडौं । मलेसियाका गृह मन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक छलफल सुरु भएको छ ।

सोल्टी होटेलमा सुरू भएको छलफलमा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे कुराकानी भै रहेको जनाईएको छ । यसैगरी नेपालले मलेसियाली मन्त्रीसँग श्रम सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा पनि छलफल गर्नेछ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो।तीन दिने नेपाल भ्रमणका क्रममा बिहिबार काठमाडौ आईपुग्नुभएका मन्त्री नासुसनले राष्ट्रपति विद्यादेवी भण्डारी ,प्रधानमन्त्री पुष्पकमल दाहाल, लगायतलाई भेट्ने कार्यक्रम रहेको छ।