२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निफको जुरीमा प्रियङ्का कार्की र इन्द्रलाल बलामी मनोनित



अ+ अ-

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियङ्का कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित हुनुभएको छ ।

निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित हुनुभएको जानकारी दिनुभयो । अभिनेत्री कार्कीले दर्जनौँ फिल्ममा अभिनय गर्नुभएको छ भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुनुहुन्छ ।

आगामी चैत २ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने निफमा पाँच जना जुरीमध्ये तीन जना विदेशी चलचित्र निर्माता हुनेछन् ।

यस वर्ष छनोट भएर दोस्रो चरणमा पुगेका ३५ देशका ९५ वटा लामा, छोटा, वृत्तचित्र तथा एनिमेटेड फिल्ममध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया)समेत आयोजना गरिने छ ।

“नेपाल र विदेशी निर्माताबीच यस्तो महोत्सवले सद्भाव बढाउनेछ”, अध्यक्ष पाठकले भन्नुभयो । रासस




भर्खरै