२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारका आरोपीलाई राष्ट्रिय टिममा राखेको भन्दै क्यानविरुद्ध बायकट अभियान सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधमा आरोपितलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान)को विरोध सुरु भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले हिजो आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणीय सिरिजका लागि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई समावेश गर्दै दोस्रो चरणको बन्द प्रशिक्षणमा रहने २० खेलाडीको नाम घोषणा गरेसँगै सामाजिक संजालमा क्यानको बहिष्कार अभियान सुरु भएको हो ।

उनीहरुले सामाजिक सञ्जालमा बायकट क्यान लेख्दै क्यानको बहिष्कार अभियान चलाएका हुन् । उनीहरुले शनिबार दिउँसो १ बजे माइतीघरमा भेला भएर क्यानको विरोध प्रदर्शन गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता तुल्सीराम भुषालले ट्वीट गर्दै भनेका छन्, ‘बलात्कार जस्तो जघन्य अपराधमा आरोपित लाई रास्ट्रको प्रतिनिधित्व गराउन खोज्दै छ । सरकार कता छ ? भोलि १ बजे माइतिघर जानुहोला ! @PMnepal #BoyCottCAN

माइतीघरमा भेला हुन आग्रह गर्दै हिमाले ट्वीट गरेकी छिन्, ‘भोलि शनिबार १ बजे माइतीघर मण्डला, नागरिक मौन बस्दैन ! सरकार, प्रतिपक्षि नभएको सरकार र क्यान #BoyCottCAN’

यस्तै, अर्का प्रयोगकर्ताले ट्वीटरमा क्यानको अध्यक्ष  चतुरबहादुर चन्दको राजिनामा माग गर्दै लेखेका छन, ‘के लामिछाने टिममा भएर नेपालले एकदिवसिय नै जोगाउने जसरी टीममा फर्काउने क्यान क्रिकेटसँग नभइ लामिछानेसँग उत्तरदायी । सामुहिक खेलमा एउटा खेलाडीलाइ महत्त्व दिने चतुरे राजिनामा दे। #BOYCUTTCAN.’

त्यसैगरी, अन्जिताले क्रिकेट नेपालले बलात्कारको अधिकार दिएको हो ! भन्दै ट्वीट गरेकी छन् । उनले प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई ट्वीट गर्दै यस्तो भयानक गतिविदि तत्काल रोक्न आुरोध गरेकी छन् ।

यस्तै, बसन्त गौतमले पनि बायकट क्यान लेख्दै ‘बलात्कारी आरोपीको अखाडा बनुञ्जेल क्यानका खेलहरु बहिष्कार गर्ने निर्णय गरियो !’ भन्दै ट्वीट गरेका छन् ।