२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लिग लिडर’ आर्सनल एभर्टनसँग पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले हार ब्यहोरेको छ । शनिबार साँझ सम्पन्न खेलमा लिग लिडर आर्सनल एभर्टनसँग १–० गोलले स्तब्ध बनेको हो ।

एभर्टनलाई जित दिलाउन खेलको ६० औं मिनेटमा जेम्स टार्कोस्कीले गोल गरे । कर्नरबाट आएको पासलाई हेडरमार्फत गोल गरेका टार्कोस्कीको गोल नै एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन निर्णायक गोल बन्यो । एभर्टनको प्रशिक्षक सम्हालेका सिन डिचेले आफ्नो पहिलो खेलमै लिग लिडर आर्सनलविरुद्ध जित निकाल्न सफल रहे ।

यो नतिजासँगै २० खेलबाट ५० अंकसहित आर्सनल तालिकाको शीर्षस्थानमा यथावत छ । आर्सनलको यो सिजनको दोस्रो हार हो । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा आर्सनल ५ अंकले अगाडी छ । यता, जित निकालेको एभर्टन २१ खेलबाट १८ अंकसहित तालिकाको १८ औं स्थानमा छ ।




भर्खरै