२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ गोलले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा लेस्टर सिटीले एस्टन भिल्लालाई ४–२ गोलले पराजित गरेको हो ।

खेलको नवौँ मिनेटमा वली वाट्कीन्सले गोल गर्दै घरेलु टोली भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि अर्थात् १२ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई १–१ को बराबरीमा ल्याए ।

३२ औं मिनेटमा लेस्टरका ह्यारी सोउत्तरले आत्मघाती गोल गरेपछि भिल्ला २–१ गोलले अगाडी बढ्यो । तर, ४१ औं मिनेटमा केलेची इहाञ्चोले गोल गर्दै लेस्टरलाई २–२ को बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा टेटेले र ७९ औं मिनेटमा डेनीस प्राएटले गोल गर्दै लेस्टरलाई ४–२ को जित दिलाए ।

यो नतिजासँगै २१ खेलबाट २८ अंकसहित एस्टन भिल्ला तालिकाको ११ औं स्थानमा रहेको छ । समान खेलबाट २१ अंकसहित लेस्टर सिटी १३ औं स्थानमा छ ।