६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदल सकसमा, नेता नेपालबाट दुई अध्यक्ष हुनु पर्ने माग



अ+ अ-

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओली र अर्का बरिष्ठ नेता नेपाल बिचको असहमति अन्त्य गर्न भन्दै क्रियाशिल रहेको कार्यदल दुई नेताको अधिकार बाँडफाँडका बिषयमा अलमलमा परेको छ । कुनै न कुनै रुपमा अदालतको निर्णय आउदा सम्म असहमति जनाईरहने माधब कुमार नेपाल र अदालतको निर्णय अघि नै एक खालको सहमतिको बातावरण बनेको सन्देश दिने ओलीको प्रयासले सार्थकता पाउन सकेको छैन ।  

नीतिगत बिषममा खासै मत  भिन्नता नदेदिएको एमालेमा जिम्मेबारी र भूमिकाको बिषय पेचिलो बनेको छ । जेष्ठ दुईमा फर्कन तयार भएको ओली पक्ष संग प्रत्येक छलफलमा नेपाल पक्षबाट नया नया सर्त आएको छलफलमा सहभागी एक नेताले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो कार्यदलमा रहेका लगभग सबै सदस्य सहमत भै सकेको अबस्थामा नेता नेपालले बिधानमा नै ब्यवस्था नभएको अध्यक्ष पद माग्नु भयो , त्यो बिषयमा अध्यक्ष र उहाँ बसेर तय गर्ने कुरा हो , यसमा कार्यदलले केही गर्न सक्दैन ।  

बिधि र पद्धितिको लागि भन्दै आउनु भएका नेता नेपालले बिधानमा नै नभएको पद मागेपछि त्यो कार्यदलले दिने कुरा भएन उहाँले भन्नुभयो । सनिबार दुबै पक्षका नेताहरुले आईतबार बिहान सहमति हुने अभिब्यक्ति दिएका थिए ।