काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओली र अर्का बरिष्ठ नेता नेपाल बिचको असहमति अन्त्य गर्न भन्दै क्रियाशिल रहेको कार्यदल दुई नेताको अधिकार बाँडफाँडका बिषयमा अलमलमा परेको छ । कुनै न कुनै रुपमा अदालतको निर्णय आउदा सम्म असहमति जनाईरहने माधब कुमार नेपाल र अदालतको निर्णय अघि नै एक खालको सहमतिको बातावरण बनेको सन्देश दिने ओलीको प्रयासले सार्थकता पाउन सकेको छैन ।
नीतिगत बिषममा खासै मत भिन्नता नदेदिएको एमालेमा जिम्मेबारी र भूमिकाको बिषय पेचिलो बनेको छ । जेष्ठ दुईमा फर्कन तयार भएको ओली पक्ष संग प्रत्येक छलफलमा नेपाल पक्षबाट नया नया सर्त आएको छलफलमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो कार्यदलमा रहेका लगभग सबै सदस्य सहमत भै सकेको अबस्थामा नेता नेपालले बिधानमा नै ब्यवस्था नभएको अध्यक्ष पद माग्नु भयो , त्यो बिषयमा अध्यक्ष र उहाँ बसेर तय गर्ने कुरा हो , यसमा कार्यदलले केही गर्न सक्दैन ।
बिधि र पद्धितिको लागि भन्दै आउनु भएका नेता नेपालले बिधानमा नै नभएको पद मागेपछि त्यो कार्यदलले दिने कुरा भएन उहाँले भन्नुभयो । सनिबार दुबै पक्षका नेताहरुले आईतबार बिहान सहमति हुने अभिब्यक्ति दिएका थिए ।












