२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्तुतीको जन्मोत्सवमा आश्रममा सांगितीक कन्सर्ट



अ+ अ-

काठमाडौँ । अनाथ बालिकाको जन्मोत्सवको अवसर पारेर नेपालका राष्ट्रिय कलाकारहरुले तुलसालय आश्रममा सांगितीक कन्सर्ट प्रस्तुत गरेका छन् ।

उनीहरुले ललितपुरको नख्खुडोलमा अवस्थित तुलसालय अनाथ आश्रममा रहेकी स्तुती मठको प्रथम जन्मोत्सवका अवसरमा सोही आश्रममा सो प्रस्तुति दिएका हुन् ।

सातौँ छोरीका रुपमा जन्म दिएको केही मिनेटमा उनकी आमाको निधन भएपछि २० दिनकी स्तुतीलाई गत वर्ष हुम्लाबाट ल्याइ सो आश्रमले लालनपालन गरिरहेको छ । शनिबार आश्रमका अरु बालबालिका, अनाथ बृद्ध बा आमा तथा समाजसेवी र शुभचिन्तकहरुको उपस्थितिमा सो कन्सर्टका साथ जन्मोत्सव मनाइएको थियो ।

सो कन्सर्टमा कलाकारहरु दीपक पाठक, वशन्ती लामा, एलिसा राई, मुस्कान राईले आफ्ना प्रस्तुति दिएका थिए । उनीहरुको सांगितीक प्रस्तुतीमा आश्रमका बालबालिका तथा बृद्ध बाआमाहरु निकै रमाएका थिए ।


कलाकार दीपक पाठकले अनाथ आश्रममा रहेका नानीबाबुहरुलाई मनोरञ्जन दिनका लागि मात्र नभएर उनीहरुका लागि पनि कलाकारहरुले समय दिनुपर्छ र आफ्ना प्रस्तुतीहरुबाट अनाथ नानीबाबुहरुप्रति शुभकामना दिनुपर्छ भन्ने सन्देशका साथ सो कन्सर्टको आयोजना गरिएको बताए ।समाजसेवी विमला आठपरिया राई र वरिष्ठ कलाकार दीपक पाठकको संयोजकत्वमा सो सांगितीक समारोहको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक राधादेवी शर्मा चालिसेले अनाथ आश्रमका बालबालिका तथा आमाबाहरुको जन्मदिनमा पनि आफूहरुलाई सम्झिएर निमन्त्रणा गर्ने र यस्तो कार्यक्रमको आयोजना गरी जन्म दिन मनाउने संस्कारको थालनी गर्ने तुलसालय परिवारको कार्यको प्रशंसा गर्नुभयो ।

सो आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेशसनका अध्यक्ष सरु सुवेदीले अनाथहरुका पनि समाजमा कोही छन् र उनीहरुले पनि मनोरञ्जन र माया पाउनुपर्छ भन्ने सन्देश दिनका लागि सांगितीक प्रस्तुति दिने कलाकार र उपस्थित सबैमा विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।