६ असार २०८३, शनिबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनालाई



अ+ अ-

एजेन्सी । कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनाले जितेको छ । ब्राजिल र अर्जेन्टिनाबिच भएको आजको अन्तिम खेलमा अर्जेन्टिनाले १-० गोल अन्तरले ब्राजिललाई हराउँदै उपाधी जितेको हो ।

ब्राजिलको माराकाना मैदानमा जारी खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाको लागि खेलको २२ औं मिनेटमै एंगेल डी मारियाले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । सो एक गोल नै अर्जेन्टिनाका लागि उपाधी जित्ने गोल बन्यो ।

यो उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक उपाधि जित्ने (१५ पटक) उरुग्वेसँग बराबरी गरेको छ ।

साविक विजेता ब्राजिल भने १० औं पटक उपाधि जित्न चुक्यो । यता फुटबलका स्टार लियोनल मेसीले पहिलोपटक अन्तर्राष्ट्रिय ट्रफी जित्न सफल रहे ।