एजेन्सी । कोपा अमेरिका २०२१ को उपाधी अर्जेन्टिनाले जितेको छ । ब्राजिल र अर्जेन्टिनाबिच भएको आजको अन्तिम खेलमा अर्जेन्टिनाले १-० गोल अन्तरले ब्राजिललाई हराउँदै उपाधी जितेको हो ।
ब्राजिलको माराकाना मैदानमा जारी खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाको लागि खेलको २२ औं मिनेटमै एंगेल डी मारियाले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । सो एक गोल नै अर्जेन्टिनाका लागि उपाधी जित्ने गोल बन्यो ।
यो उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक उपाधि जित्ने (१५ पटक) उरुग्वेसँग बराबरी गरेको छ ।
साविक विजेता ब्राजिल भने १० औं पटक उपाधि जित्न चुक्यो । यता फुटबलका स्टार लियोनल मेसीले पहिलोपटक अन्तर्राष्ट्रिय ट्रफी जित्न सफल रहे ।












