६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज गिरीको टीप्पणीः महादेवले सतिदेवीलाई दक्ष प्रजापतिको यज्ञमा नजाउ भनेकै हो…



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कलाकार दीपकराज गिरी विभिन्न समसामयिक विषयमा टीप्पणी गरिरहन्छन् । समसामयिक विषयदेखि लिएर राजनीतिक विषयमा पनि उनले कटाक्ष गर्दै आएका छन् ।

यसैबीच गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट बाहिरिने निर्णयलाई लिएर कटाक्ष गरेका छन् ।

गिरीले स्वस्थानीको कथालाई जोडेर राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयलाई लक्षित गर्दै स्वस्थानीमा महादेवले पनि सतिदेवीलाई दक्ष प्रजापतिको यज्ञमा नजाउ भन्दा भन्दै गएर झन्झट भएको उदाहरण दिएका हुन् । स्वस्थानीमा दक्ष प्रजापतिको यज्ञमा सतिदेवीले आफ्ना पति महादेवको अपमान सहन नसकेपछि यज्ञमा फाल हानेर देह त्याग गरेकी थिइन् ।

गिरीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– महादेवले पनि सतिदेवी लाई दक्ष प्रजापतिको यज्ञमा नजाउ त भनेकै हो
गएपछि झन्झट त भैहाल्छ नि ‘स्वस्थानि सकियो !

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारलाई समर्थन यथावत राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।