२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बार्सिलोनाद्वारा सेभिया पराजित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा, गावी र राफिन्हाले गोल गरे । तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ५८ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । उनलाई फ्रांक केसिले पास उपलब्ध गराएका थिए । यस्तै, ७० औं मिनेटमा गावीले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । उनलाई राफिन्हाले पास उपलब्ध गराए ।

यस्तै ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । उनलाई अल्बाले पास उपलब्ध गराएका थिए ।

जितसँगै बार्सिलोनाले २० खेलबाट ५३ अंक जोडेको छ । शीर्षस्थानको बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा ८ अंकले अगाडी छ । यता समान खेलबाट २१ अंकसहित सेभिया भने १६ औं स्थानमा छ ।




भर्खरै