२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा बिद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न



अ+ अ-

काठमाडौं । दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र काठमाडौँको आयोजनामा तथा गोरखा नगरपालिकाको संयोजन र सरस्वती मावि आहाले–८ को सहयोगमा गोरखा नगरपालिकास्तरीय मावि तहको वक्तृत्वकला प्रतियोगिता सरस्वती मावि आहालेमा सम्पन्न भएको छ ।

‘नेपाल राष्ट्र निर्माणमा गोरखालीहरूको भूमिका’ विषयक सो प्रतियोगितामा १३ छात्रा र ४ जना छात्र गरी जम्मा १७ विद्यार्थीहरू सहभागी भएका थिए। महेन्द्र मावि, कुन्दुरका मन्दिप लामा प्रथम, ओल्ड क्यापिटल बोर्डिङ स्कुल, रानीवनकी छात्रा प्रजिता बानिया द्वितीय र शक्ति मावि, पाटेचौरकी छात्रा समिना पन्त तृतीय भए। विजयी प्रथम, द्वितीर र तृतीय विद्यार्थीहरूलाई क्रमशः ७०००, ,५०००, र ३००० नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

साथै सम्पूर्ण सहभागी प्रतिस्पर्धी विद्यार्थीलाई पनि सहभागिताको प्रमाणपत्रका साथै आवतजावत खर्च स्वरूप नगद रू १००० हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रम दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रका अध्यक्ष वरिष्ठ ईन्जिनियर ईश्वरचन्द्र बानियाको अध्यक्षतामा तथा गोरखा नगरपालिकाका मेयर कृष्णरानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

स्मृतिकेन्द्रका महासचिव कपिलचन्द्र खनालले संस्थाको परिचयात्मक टिप्पणीसहित स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव जनार्दन कट्टेलले गर्नुभएको थियो। साथै सरस्वती मावि आहालेका प्राचार्य पुरुषोत्तम भट्टराई र वडाध्यक्ष ऋषिराम खत्रीले मन्तव्य राख्नुभएको थियो ।

विद्यार्थीहरूको ज्ञान अभिवृद्धि तथा व्यक्तित्व विकासका निम्ति आयोजित उक्त कार्यक्रममा छात्रछात्राहरू, शिक्षकहरू, अभिभावकहरू, स्मृतिकेन्द्रका पदाधिकारीहरूलगायत विभिन्न विद्वानहरू र जनसाधारणहरूको ठूलो उपस्थिति थियो।