२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको राजिनामापछि प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उहाँहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिशमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार आफ्नो पार्टीकोतर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएको थियो । सो पार्टीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाल सहभागी हुनुहुन्थ्यो ।

उहाँहरुले आफ्नो पदबाट राजीनामा दिनुभएपछि ती मन्त्रालयको नेतृत्व खाली भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले आइतबार साँझ प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुभएको थियो ।