६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौँ । धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार बरबरियाले कृषि सडकका नाममा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौँमा सोमबार आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/०७५ मा तत्कालीन प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरलगायत १२ जनाले कृषि सडक निर्माण कार्यमा रकम निकासा भएकामा उक्त रकम हिनामिना गरेको उजुरी परेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार भएको ठहर भएपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा शहीदनगर नगरपालिका–८ स्थित विसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौताअनुसार काम गर्ने भनिए पनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी दुई लाख १२ हजार ८१६.२३ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । रासस