२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका तीनवटा फर्ममा बर्डफ्लू पुष्टि, कुखुरा र अन्डा नष्ट गरियो



अ+ अ-

काठमाडौं । काठमाडौंको तीनवटा कुखुरा फर्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अन्डा नष्ट गरिएको छ ।

पशु विभागको अनुसार रामकोट र तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको हो । ललितपुरको खुमलटारस्थित कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टि भएको थियो ।

तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्यूनीकरण गरिएको पशु विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए ।

जसअनुसार खुमलटारबाट २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ । यस्तै, रामकोट फार्ममा भएको ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ भने तार्केश्वर फार्ममा भएको ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।