२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०३० को विश्वकप आयोजनामा अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त दावी



अ+ अ-

काठमाडौँ । सन् २०३० को विश्वकप फुटबल आयोजना गर्न दक्षिण अमेरिकाको विश्व च्याम्पियन चार राष्ट्रले संयुक्त दावी पेश गरेको छ ।

विश्वकप आयोजनाका लागि अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले आधिकारिक रूपमा आफ्नो संयुक्त प्रस्ताव पेश गरेका हुन् ।

सन् १९३० मा पहिलोपटक उरुग्वेमा विश्वकपको आयोजना भएको थियो । यससँगै सन् २०३० मा विश्वकप आयोजना भएको १ सय वर्ष पूरा हुनेछ । सोहि कारणले चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको जन्म भएको ठाउँमा’ फर्कन आह्वानसहित सो प्रस्ताव पेश गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबल संघ (कन्मेवल) का अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले २०३० को विश्वकप सामान्य विश्वकप मात्र नभएर १ सय वर्षको उत्सव पनि हुने बताएका छन् । ‘सन् २०३० को विश्वकप अर्को विश्वकप मात्र होइन, यो १ सय वर्षको लागि मान्यताको साथ उत्सवको योग्य छ ।’ उनले भने, ‘हामी विश्वस्त छौं कि हामी भन्दा पहिले आएका र महानतामा विश्वास गर्ने र पहिलो विश्वकप बनाउनेहरूको सम्झनालाई सम्मान गर्न फिफाको दायित्व छ ।’

अर्जेन्टिना फुटबल संघ (एएफए) का अध्यक्ष क्लाउडियो तापियाले विश्व च्याम्पियनको रूपमा दक्षिण अमेरिकामा अब विश्वकप आयोजना हुनुपर्ने बताएका छन् । ‘यो विश्वकप आयोजना भएको १ सय वर्ष पूरा हुनलागेको अवसरमा मात्र होइन । हामी फुटबलकै कारण यहाँ छौं । हाम्रो निरन्तर दावी रहनेछ ।’ अध्यक्ष तापियाले भने ।

यता, स्पेन, पोर्चुगल र युक्रेनले २०३० को विश्वकप आयोजनाका लागि यस अघि नै संयुक्त दाबी गरिसकेको छ ।

सन् २०२६ को विश्वकप भने अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

 

 

 




भर्खरै