काठमाडौँ । हाइटीका राष्ट्रपति जोभेनेल मोइजको हत्यामा संलग्न १७ जना पक्राउ परेका छन् । हाइटी प्रहरीका अनुसार राष्ट्रपति मोइजको हत्यामा कोलम्बियाका २६ र हाइटीकै अमेरिकी मुलका २ भाडाका पेशेवर विदेशी व्यक्तिहरु संलग्न रहेको हो। त्यस्तै कोलम्बियाका केहि पूर्व सैनिक समेत उक्त हत्यामा संलग्न रहेको बताइएको छ ।
घटनामा संलग्न ८ जना अझै फरार रहेको हाइटी प्रहरीले जनाएको छ । बुधबार राष्ट्रपति मोइजको निजी निवासमा घुसेर गोली हानी हत्या गरिएको थियो ।
विहिबार प्रहरीले केहि शंकास्पदलाई हरियारसहित सार्वजनिक समेत गरेको छ । उनीहरुसँग हतियार, कोलम्बियाको पासपोर्ट र अन्य प्रमाण भेटिएको प्रहरीले बताएको छ ।












