२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तान: अमेरिकी सेना फिर्ता हुने निर्णयको बाइडनद्वारा बचाउ



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ तारिखमा अफगानिस्तानमा अमेरिकी कारबाही अन्त्य हुने बताउँदै सेना फिर्ता लिने आफ्नो निर्णयको बचाउ गरेका छन्। युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फर्किरहेको गतिको समेत बचाउ गरेका छन्। तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले पछिल्लो प्रतिक्रिया जनाएका हुन्।

सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको थियो। यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने बाइडनले समय सीमा तोकेका थिए।

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेको थिए। तर गत ज्यानुअरीमा पदभार ग्रहण गरेपछि बाइडनले त्यो समय सीमालाई केहीपछि धकेलिदिएका थिए।

ह्वाइट हाउसबाट गरिएको सम्बोधनका क्रममा उनले तालिबानको अधिग्रहण 'अपरिहार्य' रहेको भनाइ अस्वीकार गरेका छन्। झन्डै ३००,००० अफगान सुरक्षा फौजका अगाडि ७५,००० लडाकु रहेको तालिबानको मेल नरहेको उनको भनाइ छ।

अमेरिकी सेना पूर्ण रूपमा फर्किए पनि ६५० देखि १,००० अधिकारी भने अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य सरकारी पूर्वाधारहरूको रक्षार्थ अफगानिस्तानमै बस्ने ठानिएको छ।

यसै साताको सुरुवातमा आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एट्लान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानले बीबीसीलाई बताएको थियो।