२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्मेटभित्र १८ लाख नेपाली रुपैयाँ , दुई जना नियन्त्रणमा



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरी बलले हेल्मेटभित्र लुकाई छिपाई ल्याउँदै गरेको १८ लाख नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बीरगंज रक्सौला सडकखण्डबाट माघ २५ गते दुई जनालाई नियन्त्रणमा लिएकोजनाएको छ । नियन्त्रणका लिएकाहरुमा भारत घर बताउने २६ वर्षिय राकेश कुमार र २७ वर्षिय प्रसंजित कुमाररहेका छन् ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया कमाण्डको टोलीले उक्त रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

भातरीय नम्बर प्लेटको दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका राकेश कुमारको हेल्मेटभित्र ९ लाख र प्रसंजित कुमारको हेल्मेटभित्र ९ लाख नेपाली रुपैयाँ तथा प्रतिबन्धित ५ सय दरको ४ थान भारतीय रुपैयाँ समेत फेला परेका थियो ।

साथै फेला पारिएको नेपाली रुपैयाँको श्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको हो । पक्राउ परेका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यायल पर्सामा बुझाईएको जनाएको छ ।