२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई जबर्जस्ती करणी गर्ने शिक्षक पक्राउ



अ+ अ-

रुपन्देही । रुपन्देहीको देवदहमा विद्यार्थीलाई जबर्जस्ती करणी गर्ने शिक्षक पक्राउ परेका छन् । विद्यार्थीलाई सिकाइदिने बहानामा होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् ।

जबर्जस्ती करणी गरेको अभियोगमा उजुरी परेपछि बुधवार प्रहरीले देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार गुरुङले माघ २० गते शुक्रवार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए । जबर्जस्तीपछि किशोरीका अभिभावकले प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी दिएका थिए । उजुरीपछि फरार रहेका शिक्षक गुरुङलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।