२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाको बैठक ५ बजेलाई सर्यो, नाउपाका सबै प्रदेशसभा सदस्य काठमाडौँमा



अ+ अ-

काठमाडौँ । दिउँसो डाकिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बेलुका ५ बजेसम्मका लागि सरेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूचीसहित बैठक बिहीबार अपराह्न १ बजे बस्ने तय भएको थियो ।

तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताएपछि बैठक बस्ने समय सारिएको हो । नाउपाका सुदूरपश्चिम प्रदेशसभाका सबै सात सदस्य अहिले काठमाडौँमा छन् । मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो ।

नाउपाले आफ्ना नेता रेशम चौधरीसहित राजबन्दीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नहुँदासम्म विश्वासको मत नदिने अडान राखेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन् । प्रदेशमा नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नाउपाका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ सदस्य छन् । नाउपाले विश्वासको मत नदिएको अवस्थामा मुख्यमन्त्री रावललाई विश्वासको मत लिन आवश्यक २७ मत पुग्दैन ।

मुख्यमन्त्री रावलले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न नसकेको अवस्थामा उहाँ स्वतः पदमुक्त हुनुहुनेछ । उहाँ पदमुक्त भएसँगै संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने मार्ग प्रशस्त हुनेछ ।