२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा तोडफोड



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र केन्द्रीय विभाग प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ ।

विभागीय प्रमुख डा.ईश्वरी प्रसाद कँडेल कार्यालय हाताभित्रै रहेको बेला नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष बताउने शम्भुप्रसाद भट्टले आक्रमण गरी फर्निचरहरुमा क्षति पु-याएका छन् । डा.कँडेलमाथि भौतिक रुपमा आक्रमणको प्रयास समेत भएकोले ज्यान मार्ने उद्योगमा भट्ट विरुद्ध प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी समेत दर्ता भएको छ ।

अनेरास्ववियुको नाममा सुनिता बरालद्वारा हस्ताक्षरित पत्रमार्फत आर्थिक सहयोग गर्नेबारेमा विभागमा पत्र पठाएको र विभागीय प्रमुखले सार्वजनिक संस्थामा चन्दा दिन नमिल्ने बताउनुभएको थियो । सोही विषयलाई लिएर ज्यान मार्नका लागि तोडफोड गरिएको प्रहरी वृत्तमा डा.कँडेलले दिनुभएको जाहेरीमा उल्लेख छ।




भर्खरै