२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार कम्युनिष्ट पार्टीबीच एकताको तयारी



अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) को पार्टीसहित चार कम्युनिष्ट पार्टीले एकताको तयारी गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेलको नेपाल कम्युष्टि पार्टी, आहुती नेतृत्वको वौनिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीबीच पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस छलफल आरम्भ गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय गरेका छन् ।

चारवटै पार्टीले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागनु १५ गते चार पार्टीको बैठक बस्ने निर्णय भएको जनाएका छन् ।

विज्ञप्तिमा देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम संकट र गंभीर अवस्थामा रहेको निष्कर्ता निकालेको उल्लेख छ ।