२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना आयोगको सदस्यमा वैज्ञानिक राउत नियुक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगको सदस्यमा डा जयकान्त राउत नियुक्त हुनुभएको छ । उहाँ च्याउ वैज्ञानिक हुनुहुन्छ । मन्त्रिपरिषद्को बैठकले उहाँलाई योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

उहाँले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर कार्यभारसमेत सम्हालिसक्नुभएको छ । ललितपुरको फुल्चोकीबाट संसारकै नयाँ प्रजातिको च्याउ उहाँले पत्ता लगाउनुभएको थियो । साथे नास्टको फेकल्टी अफ साइन्सको बायोलोजिकल रिसर्च युनिटमा रहेर नेपालमा पाइने ढुसीलाई एकीकृत गरेर जानकारी दिने उद्देश्यले पहिलो पटक ढुसीको डेटाबेस निर्माणको काम गर्नुभएको थियो ।

वैज्ञानिक राउत नास्टबाट राजीनामा दिएर राजनीतिमा आउनुभएको थियो । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले जनमत पार्टीबाट सप्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको थियो । उहाँ निर्वाचनमा जनता समाजवादी पार्टीका नवलकिशोर साहसँग पराजित हुनुभएको थियो ।

डा झा जनमत पार्टीका अध्यक्ष सिके राउतका सहोदर दाजु हुनुहुन्छ ।




भर्खरै