२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियु महाधिवेशनलाई प्रतिनिधि छनौट



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । महाधिवशेनका केन्द्रीय सम्पर्क कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी विश्वविद्यालय राष्ट्रिय कमिटी र प्रदेश सम्पर्क कमिटीमा प्रतिनिधि छनौट सकिएको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् ।

उनका अनुसार देशभरबाट एक हजार पाँच सय ७९ प्रतिनिधि सहभागी हुने भएका छन् । उपत्यकामा रहेका प्रतिनिधिको व्यवस्था आफैँ र उपत्यकाबाहिर भएका प्रतिनिधिको व्यवस्थापन होटलमा गरिएको छ ।

आगामी फागुन २ गतेदेखि ४ गतेसम्म महाधिवेशन ‘निःशुल्क स्वास्थ्य, शिक्षा र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित काठमाडौँमा हुनेछ । महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

अनेरास्ववियुको यसअघि २०७२ सालमा २२औँ राष्ट्रिय अधिवेशन भएको थियो । नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताभएपछि अखिलको अधिवेशन हुन सकेको थिएन । महाधिवेशन सम्पन्न गर्नका लागि अखिलका अध्यक्ष बरालको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव समिक बडालको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र कोषाध्यक्ष जेनिश लामाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

महाधिवेशनले १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष र सचिव गरी १५/१५ सदस्यीय कमिटी गठन गर्नेछ । यस्तै एमालेको महाधिवेशन हुन बाँकी रहेका अन्य जनवर्गीय सङ्गठनको पनि मिति तोकिएको छ ।

एमालेका अनेरास्ववियुसहित राष्ट्रिय युवा सङ्घ, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, पेशागत महासङ्घ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल, नेपाल खेलकुद महासङ्घ र रिटर्नी फेडरेसन गरी आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी छ । रासस