२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछः सञ्चारमन्त्री शर्मा



अ+ अ-

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ ।

उहाँले आगामी वर्षको बजेटमा जनतालाई परिवर्तनको अनुभूति हुनेगरी विशेष प्राथमिकताका कार्यक्रम समावेश गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो ।

दाङको भालुवाङ्गमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्ता शर्माले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनेतर्फ सरकारले ध्यान दिएकोसमेत बताउनुभयो । वर्तमान सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गर्ने विषयमा पनि छलफल अघि बढेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधिसँग जोडिएका नयाँ ऐन निर्माण र कार्यान्वयनमा सरकारले ध्यान दिइएको बताउनुभयो । उहाँले पुराना ऐन कानुनबाट चल्नुपर्ने बाध्यता रहेकाले त्यस्ता ऐन तथा कानुन विस्थापन र नयाँ ऐन कानुन निर्माण गरेर अघि बढ्ने जिम्मेवारी रहेको बताउनुभयो ।

बदलिँदो समाज र सूचना प्रविधिले केही चुनौती थपेको बताउँदै उहाँले अनलाइन मिडियाको नियमन र व्यवस्थापनमा सरकारले ध्यान दिएको बताउनुभयो । उहाँले प्रेस काउन्सिल जस्तै मिडिया काउन्सिलको आवश्यकता परेकोसमेत बताउनुभयो । कार्यक्रम महासङ्घ प्रदेश अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको थियो । रासस




भर्खरै