२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिकित्सक संघले आईतबार देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले आईतबार (भोलि) मुलुकभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाको बिरोधमा चिकित्सक संघ आन्दोलित भएको हो ।

संघको शनिवार काठमाडौंमा बसेको बैठकले आईतवार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई भिभिआईपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु सामान्य घटना नभएको भन्दै बिरोध गर्नुपरेको बताउनु भयो ।

महासचिव रिजालले हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आएका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर विशिष्ट व्यक्तिको सवारीको नाममा अलपत्र पार्ने/आकस्मिक सेवा लिन पाउने जनताको अधिकार कुण्ठित गर्ने सेवा प्रवाहमा अवरोध गर्ने कामको बिरोध गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले विधि र विधान स्थापितका लागि नेपाल चिकित्सक संघले उठाएको यो कदमलाई साथ र समर्थन गर्न देशभरका सम्पूर्ण सर्वसाधारण नागरिक, बुद्धीजीविवर्ग, सञ्चारकर्मी तथा संघका सम्पूर्ण शाखा कार्यालयहरुले २०७९ माघ २९ गतेका लागि घोषणा गरिएको आन्दोलनलाई सफलतापूर्वक सम्पन्न गर्न आग्रह गर्नुभयो ।