२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिभिन्न अस्पताल अगाडि विरामीका आफन्तको प्रदर्शन



अ+ अ-

काठमाडौँ । चिकित्सकहरुले आन्दोलन गरेपछि विरामीहरु समस्यामा परेका छन् । आन्दोलनका कारण समस्यामा परेको भन्दै विरामी र उनीहरुका आफन्तले वीर, लगायत बिभिन्न अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

चिकित्सकहरुको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प छन् । सेवा ठप्प भएको विरोधमा विरामी र आफन्तले प्रदर्शन गरेका हुन् ।

विरामी र आफन्तले अहिले वीर अस्पताल अगाडि नारबाजी गरिरहेका छन् । उपचार सेवा नपाउँदा टाढा टाढााबाट आएका विरामीहरु आक्रोशित बनेका छन् ।

संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नका लागि शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी चलाउने क्रममा वीर अस्पतालबाट ट्रमा सेन्टरतर्फ जाने क्रममा एक चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।

उक्त घटनाप्रति स्वास्थ्य मन्त्रालयले दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । यद्यपि गंगालाल अस्पतालले भने आन्दोलनको अवज्ञा गर्दै विरामीहरुलाई सबै किसिमका सेवा दिइरहेको छ ।