२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँगको ६ बुँदे सहमतिसँगै चिकित्सक संघको आन्दोलन स्थगित



अ+ अ-

काठमाडौँ । नेपाल चिकित्सक संघले आफ्नो आन्दोलन स्थगित गरेको छ । सरकारसँग छ बुँदे सहमति भएर संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा संघले देशभारका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा ठप्प बनाउने निर्णय गरेको थियो ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सहरुबीच भएको वार्तामा आन्दोलन स्थगित गर्न सहमति भएको हो ।

एक साताभित्र चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा छानबिन गरी दोषीलाई कारबाही, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।